``` TECHVISIT CARGO SOFTWARE ```
```

TECHVISIT CARGO SOFTWARE

YOUR NEXT GENERATION DIGITAL FORWARDING SOLUTION.
```
```
जरुरी सूचना

सम्पूर्ण शाखाहरूलाई हार्दिक जानकारी गराइन्छ कि केही प्राविधिक समस्याका कारण नयाँ प्रणालीमा स्थानान्तरणको समय केही बढेको छ। साथै, हाल देशका विभिन्न क्षेत्रमा देखिएको बाढी तथा विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै हाम्रो तर्फबाट पनि आवश्यक Technical Analysis, System Testing, Server तथा Network Infrastructure को समीक्षा लगायतका प्राविधिक तयारीहरू थप सावधानीपूर्वक भइरहेको छ। आवश्यक प्राविधिक तयारी तथा परीक्षण पूरा भएपछि अब असोज १ गतेदेखि हामी नयाँ प्रणालीमा स्थानान्तरण हुँदैछौँ।

त्यसैले असोज १ गतेदेखि हाल प्रयोग भइरहेको प्रणालीबाट Booking सम्बन्धी सम्पूर्ण कार्य पूर्ण रूपमा बन्द हुनेछ।

यसकारण हालको प्रणालीमा रहेका Pending Booking, Shipment, Delivery, Payment, Documentation तथा अन्य बाँकी कार्यहरू असोज १ गते अगावै सम्पन्न गर्नुहुन सम्पूर्ण शाखाहरूलाई हार्दिक अनुरोध गरिन्छ।

विशेष जानकारी:
हालको बाढी तथा विपद्को अवस्थाका कारण विभिन्न स्थानमा Internet Connectivity, Power Supply, Network तथा अन्य Technical Infrastructure मा समेत असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राखी प्रणाली स्थानान्तरण तथा आवश्यक Technical Analysis थप सावधानीपूर्वक भइरहेको छ।

पुरानो प्रणालीमा रहेका आवश्यक विवरण तथा जानकारीहरू हेर्नका लागि असोज १ गतेपछि पनि १ महिनासम्म प्रणाली खुला रहनेछ। यस अवधिमा Booking Module बाहेक अन्य सबै Module हरू प्रयोग गरी पुराना विवरण तथा आवश्यक जानकारीहरू हेर्न सकिनेछ।

नयाँ Booking तथा सम्बन्धित कार्यहरू भने नयाँ प्रणालीमार्फत मात्र सञ्चालन गरिनेछ।

अन्तिम समयमा कुनै पनि डेटा छुट्ने, विवरण हराउने वा कार्यमा अवरोध नआओस् भन्नका लागि सबै शाखाहरूले आफ्नो Pending कामहरू समयमै पूरा गर्नुहुन विशेष अनुरोध गरिन्छ।

नयाँ प्रणालीमा सहज र व्यवस्थित रूपमा स्थानान्तरण गर्नका लागि सम्पूर्ण शाखाहरूको सहयोग, समन्वय र आवश्यक तयारीको अपेक्षा गर्दछौँ। हालको विपद्को अवस्थालाई समेत ध्यानमा राख्दै सम्पूर्ण शाखाहरूले आफ्नो आवश्यक डेटा तथा महत्वपूर्ण कार्यहरूको Backup/Verification समेत समयमै पूरा गर्नुहुन अनुरोध गर्दछौँ।

```